काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी, महोत्तरीको मनरा शिशवा नगरपालिका वडा नं. १, गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ बडागाउँ नेटा र वडा नं. २ मुसिकोट देउराली, उदयपुरको कटारी नगरपालिका वडा नं. २ गराँसमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
त्यसैगरी बैंकले अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ, कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ बानियाभार र कैलालीको चुहा नगरपालिका वडा नं. ७ हरैयापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।
यी शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २८३ पुगेको छ।
बैंकले ढल्केबार शाखाअन्तर्गत रहने धारापानीको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय बिशालकुमार भुजेल, बर्दिबास शाखाअन्तर्गत रहने मनरा शिसवाको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय शाह जेनरल स्टोर्स, वामी शाखाअन्तर्गत रहने बडागाउँ, नेटाको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय बोमबहादुर छन्तेल र वामी शाखाअन्तर्गत रहने मुसिकोट देउरालीको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय मदनदीप घिमिरेलाई प्रतिनिधि नियुक्त गरेको छ।
त्यसैगरी बैंकले कटारी शाखाअन्तर्गत रहने गराँसको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय राजकुमार कार्की, पोखराथोक शाखाअन्तर्गत रहने धातिवाङको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय मनिराम पौडेल, चन्द«ौटा शाखाअन्तर्गत रहने बानियाभारको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय जयन्ती गिरी र लम्की शाखाअन्तर्गत रहने हरैयापुरको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय जयबहादुर खत्रीलाई प्रतिनिधि नियुक्त गरेको छ।
शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, यूटीएल तथा एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन्।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ९०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago