काठमाण्डौ । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । 

कम्पनीले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यकासाथ ल्याएको उक्त क्यासब्याकअफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकत २५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् ।

उक्त अभियानअन्तर्गत आगामी कात्तिक ३ गतेसम्म क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक सक्रियता र संलग्नता वृद्धि गर्ने योजना रहेको कम्पनीले बताएको छ ।

कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस प्रकारका योजनाहरु ल्याइरहेको बताएको छ ।  ग्राहकहरुलाई लावान्भितगर्दै आएको छ । उक्त कम्पनी ७७ वटै  जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

कम्पनीले ३५० वटा शाखाकार्यालय, ३६८ वटा एटीएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६५ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिकप्रतिनिधिकार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्र रहेको बताएको छ ।