काठमाण्डौ । ग्लोबल आइएमई बैंकले मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

बैंकले १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।  

बैंकले सिरहा जिल्ला सुखिपुर नगरपालिका-८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्नपुर्ण गाँउपालिका-६ पोखरे आधारभुत विद्यालयमा १८०  भन्दा बढि महिलाहरुको स्वास्थ्य चेकजाँच गरेको हो । 
नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएका हुन्

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ । 

बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तरराष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ  सेवा प्रदान गर्दै आएको छ ।