काठमाण्डौ । ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत छूट पाउने भएका छन् ।

 क्रेडिट कार्ड बाहकहरुलाई लाभान्वित गर्ने गरी  कम्पनीले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा  आफ्नो क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छूट पाउनेछन् । उक्त छूट योजना माघ महिनाभरी मात्र लागू हुने कम्पनीले बताएको छ ।

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा कम्पनीको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छूटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गरिनेछ । यो अफर हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरहरुमा उपलब्ध छ । 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो ।

कम्पनीले देशका ७७ वटै जिल्ला तथा तीन अन्तरराष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।