काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत तनह ूँजिल्लाको ब्यास नगरपालिका १२, बेल्थोकस्थित कुर्लुङ्ग प्राथमिक विद्यालयलाई दुई थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । 

बिहीबार आयोजित एक कार्यक्रमका बीच बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका इन्चार्ज बसन्तराज रेग्मीले कुर्लुङ्ग प्राथमिक विद्यालयका प्रधानाध्यापक पदम बहादुर पन्थलाई २ थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे। 

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै यस्ता सामाजिक कार्यहरु गर्दै आएको बताएको छ ।