काठमाण्डौ । ग्लोबल आइएमई बैंक लि. र रुपाकोट रिर्सोट प्रा.लिबीच रिर्सोटले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभागप्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिर्सोट प्रा.लि.का सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरे । 

सम्झौतापश्चात रुपाकोट रिर्सोट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट,क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिर्सोटले उपलब्ध गराउन ेविभिन्न सेवामा १५प्रतिशतसम्म छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१एटिएम, १९५शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय (अष्टे«लिया, बेलायत र भारत) मार्पmतआफ्ना ११लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।