काठमाण्डौ । घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम ‘सगरमाथा सिमेन्टको उपहार ई–स्कुटरको साथमा घरायसी सामानको बहार’ योजना ल्याएको छ।
यस योजनामा सगरमाथा सिमेन्टको बोराहरुभित्र रहेको कुपनको क्यूआर कोडलाई स्क्यान गरी त्यसपछि आउने फारम भरी यस योजनामा विभिन्न उपहार जित्ने मौका पाउन सकिनेछ।
पुस मसान्तसम्म सञ्चालन हुने यस योजनामा ई–स्कुटर, टेलिभिजन, मोबाइल, घरायसी सामानलगायतका उपहारहरु प्रत्येक महिनाको अन्त्यमा लक्की ड्रमार्फत जित्न सकिनेछ। लक्की ड्र कम्पनीको अफिसियल सोसियल मिडियाका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण गरिनेछ।
सन् २००९ मा स्थापना भएको घोराही सिमेन्ट उद्योगले विगत एक दशकदेखि बजारमा आफ्नो पहिचान तीव्र रुपमा विस्तार गरेको छ र नेपाली निर्माण बजारमा आफूलाई प्रतिष्ठित कम्पनीका रुपमा स्थापित गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19