काठमाण्डौ । नेपाल उद्योग परिसंघले राजनीतिक घटनासँग जोडेर चन्दा माग भएको भन्ने विभिन्न सञ्चारमाध्यममा आएको समाचार कपोकल्पित तथा भ्रामक रहेको जनाएको छ। परिसंघले सोमबार विज्ञप्ति जारी गर्दै यस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको पनि स्पष्ट पारेको छ।
हाल चुनावी प्रयोजनका लागि कतैबाट कसैले चन्दा माग नगरेकोले योसँग जोडेका समाचार पूर्णतः काल्पनिक र तथ्यपूर्ण नरहेको परिसंघको विज्ञप्तिमा उल्लेख छ। ‘परिसंघले सदैव नीतिगत स्थिरता र लगानीको वातावरणका लागि पैरवी गर्दै आएको पनिस्मरण गराउन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले प्रेसजस्तो सम्मानित क्षेत्रका कतिपय पत्रिका तथा अनलाइनमा आउने यस्ता काल्पनिक खबरले निजी क्षेत्र, राजनीतिक दलहरु तथा सरकार बीचको आपसी सम्बन्धमा अविश्वास खडा गर्न नसक्ने पनि परिसंघको विश्वास रहेको छ।’
नेपालको निजी क्षेत्रले राज्यको चौथो अंगका रुपमा प्रेसलाई सम्मान गर्दै आएकोले सत्य तथा तथ्यमा आधारित समाचार सम्प्रेषणमा ध्यान पुर्याउनेमा पनि विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19