काठमाण्डौ । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सीमित अवधिका लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ। चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताका लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ। 

यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिकभन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ। आशा छ यस अफर सँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्ने छ।’

यो अफरअन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १०००, शाओमी १२ सिरिजमा रु. ३००० र भर्खरै लन्च गरिएको पीओसीओ एम५मा रु. ५०० सम्मको कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन्। सीमित अवधिका लागि मान्य यो अफर असोज २४ गतेदेखि कात्तिक १४ गतेसम्म लागू हुनेछ।