काठमाण्डौ। काठमाण्डौको कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दसैँ–तिहार लक्षित योजनाहरु ल्याएको छ।
शपिङ मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो। किनमेल गर्ने ग्राहकलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालिको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ।
असोज १६ गतेदेखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ।
शपिङ मलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ भौचरका साथै विक्ली लक्की ड्र तथा ग्रान्ड लक्की ड्रमा समावेश गराइनेछ। लक्की ड्रको कुपनमार्फत विजेताका लागि चितवन, पोखरालगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिनेछ।
यसबाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले यस पावन अवसरमा ५० प्रतिशतसम्मको छुट, बाई वान गेट वान फ्रीलगायतका अन्य आकर्षक छुट तथा योजनाहरुसमेत प्रदान गर्नेछन्।
विश्वभरि फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामा जोड दिएर, सरकारी निर्देशनअनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएको हो।
यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पनदनको मेलासमेत सुरु भएको छ। असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्म हल पुनः सञ्चालनमा आउने सिटी सेन्टरले जनाएको छ।
चाडपर्व लक्षित मलको योजना एवं फिल्म हल संचालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त रहेको छ।
यो योजना २४ कार्तिक २०७८ (छठ पर्व) सम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तिमा जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago