काठमाण्डौ । फोर्ड नेपाल (जीओ अटोमाबाइल्स प्रालि) ले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राका लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ।
आउँदो दसैँ र तिहारलाई मध्यनजर राख्दै आफ्नो ग्राहकको सुविधाका लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो। दसैँमा नेपाल भित्र आवतजावत धेरै नै हुने गर्छ, मानिसहरु आफ्नो घर, आफन्तकोमा जान्छन्, साथीभाइ भेट्छन् र हप्तैभरि नेपालीहरुको महान चाडको संस्कृतिमा रमाउँछन्।
फोर्ड नेपालको प्रतिनिधिसँगको कुराकानीको सन्दर्भमा यस चाडपर्वको समयमा सबैको व्यापारव्यवसाय बन्द हुने र कामदारहरुको कमी हुने कारणले गर्दा गाडी बिग्रिएको अवस्थामा स्थानीय सर्भिस पाउन कठिन हुन्छ। यस्तो समयमा फोर्ड नेपालले महत्वपूर्ण भूमिका खेल्दै आफ्ना सेवाग्राहीलाई आफूले गरेको बाचा निभाउन रोडसाइड असिस्टेन्समार्फत सेवा प्रदान गर्दैछ।
फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्नेछ। यी स्थानहरु काठमाण्डौबाट बाहिरिने मुख्य बाटोमध्ये पर्दछ र नेपालको अरु स्थानमा ग्राहकको सेवासुविधाका लागि नेपालभरि रहेको सर्भिस सुविधा सञ्जाल सक्रिय अवस्थामा रहने कम्पनीले जनाएको छ।
रोडसाइड असिस्टेन्स नेटवर्कका बारेमा थप जानकारीका लागि
देशभरिको सर्भिस नेटवर्क
थप जानकारीका लागि
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19