काठमाण्डौ । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वका अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सीमित अवधिका लागि उल्लेखनीय रुपमा मूल्य घटाएको छ। 

नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठको शुभ अवसर पारेर आफ्ना उपभोक्ताका लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ। 

यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुका लागि साबिकभन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ। यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ।’ 

यो अफरअन्तर्गत उपभोक्ताले रेडमी नोट ११ सिरिजमा १००० रुपैयाँ र रेडमी नोट १२ सिरिजमा ३००० रुपैयाँसम्मको कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन्। यो अफर सीमित अवधिका लागि असोज २ गतेदेखि १७ गतेसम्म लागू हुनेछ।