काठमाण्डौ । एमालेले देशका चार महानगरमा फेरि अग्रता लिएको छ । पछिल्लो केही समयदेखि काठमाण्डौ महानगरपालिकामा कांग्रेस उम्मेद्वार राजुराज जोशीले अग्रता लिएका थिए ।
पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले ६२३ मतका साथ अग्रता लिएका छन् । कांग्रेसका जोशीले ५ सय ९३ मत ल्याएका छन् । साझा पार्टी र विवेकशीलका उम्मेद्वारले समान २३३ मत प्राप्त गरेका छन् ।
उता, ललितपुरको महानगरपालिकामा एमाले उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले ४८११ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका चिरिबाबुु महर्जनले ४७२२ मतले पछ्याइरहेका छन् ।
भरतपुर महानगरपालिकाको पछिल्लो नतिजा अनुसार एमालेका देवी ज्ञवालीले १५१३ मतसहित अग्रता लिएका छन् । माओवादीकी रेणु दाहालले ११३५ मत ल्याएकी छिन् ।
पोखरा लेखनाथ महानगरपालिकामा पनि एमाले उम्मेद्वार नै अगाडि छ । पछिल्लो मतपरिणाम अनुसार एमालेबाट मेयरका उम्मेद्वार मानबहादुर जिसीले ३२५६ मत ल्याएका छन् भने कांग्रेसका रामजी कुँवरले २६२७ मतले पछ्याइरहेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19