काठमाण्डौ । चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत परीक्षाको अनलाइन आवेदन फारम शुल्क ‘खल्ती’ डिजिटल मोबाइल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीपीएस, बी फर्मा, बी अप्टोमेट्री, बी पिटी, बीएनएसलगायतका शैक्षिक कार्यक्रममा भर्नाका लागि आवेदन आह्वान गरेको छ। ती विषयमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुन आयोगको वेबसाइटमा चैत ९ गतेदेखि वैशाख १२ गतेसम्म अनलाइनबाटै आवेदन दिन सकिन्छ।
अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ। खल्ती छनोट गरेपछि आफ्नो युजर नेम र पासवर्ड हालेर लग–इन गरेपछि तोकिएको शुल्क भुक्तानी खल्तीबाट गर्न सकिन्छ। खल्तीमा भुक्तानीपछि चिकित्सा शिक्षा आयोगको वेबसाइटमा गई ट्रान्ज्याक्सन आईडीको अन्तिमको ६ अंक राखी बाँकी फारम भर्न पर्नेछ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो। जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज साथै सरल गर्नु हो। 'खल्ती' वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ। साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ।
‘खल्ती’का प्रयोगकर्ताको संख्या १४ लाखभन्दा बढी रहेको छ।
कसरी डाउनलोड गर्ने 'खल्ती' एप ?
’खल्ती’ एप यो Khalti.com/app बाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाइन भुक्तानी गर्न सकिन्छ। मोबाइलमा डाउनलोड गर्न गुगल प्ले स्टोर वा एप्पल स्टोरमा यो एप उपलब्ध छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19