काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) लिमिटेडले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ।
एनसीसी बैँकले चितवनको भरतपुर–९ हाकिमचोकमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो। शाखाको सोमबार एक औपचारिक कार्यक्रमबीच बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उद्घाटन गरेका छन्।
अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटा अतिथिका रुपमा उपस्थित थिए।
सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तीय कारोबारमा सहजताका लागि क्यूआर कोड हस्तान्तरण गरेको छ। क्यूआर कोड हस्तान्तरण गर्दै बैंक सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानीय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिए। साथै उनले बैँकिङ व्यवसाय व्यापारमुखीमात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय सञ्चालन गर्नुपर्ने र एनसीसी बैँकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टि रहेको उल्लेख गरे। बैँकले पैसाको सुरक्षा गर्नेमात्र नभई व्यापार र व्यवसायहरुलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैँकबीचको सम्बन्धलाई दिगो बनाउन सकिने उनले बताए।
कार्यक्रममा चितवन उवासंघका अध्यक्ष श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि झन्डै २० हजार निजी व्यवसायीहरु रहेको र उनीहरु सबैसँग सहकार्य गर्न सकिने धारणा राखे। उनले एनसीसी बैँकका कर्मचारीहरुसँग कार्य सहजता तथा उच्चस्तरको सेवा प्रदान गर्दै आएको अनुभवसमेत सुनाए।
यस्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले देशको अर्थतन्त्रमा उद्योग र उत्पादनसँग बैँक तथा वित्तीय सेवाबीचको सम्बन्ध तथा उद्यमशिलता प्रबद्र्धनका लागि एनसीसी बैँकको योगदान रहेको चर्चा गरे।
यसैगरी वडा नं ९ का प्रतिनिधि किशोर सापकोटाले आफू विगत १६–१७ वर्षदेखि बैंकको ग्राहक रहेको र अहिले आफ्नै घरआँगनमा बैँकको शाखा खुलेकोमा खुसी व्यक्त गरे। उनले बैंकले कृषि क्षेत्र तथा रोजगारी प्रवद्र्धन हुने क्षेत्रमा लगानी गर्नुपर्ने सुझावसमेत दिए।
कार्यक्रममा बैंकका सीईओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भूमिका रहने भएकाले एनसीसी बैँकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैंकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको सुरुआत गरिएको बताए। शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पुर्याउने अपेक्षासहित सम्पूर्ण व्यवसायीलाई बैंकमार्फत सेवा लिन अर्यालले अनुरोध गरे।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरी कुल १२८ शाखा सञ्चालनमा रहेका छन् भने ८ वटा एक्सटेन्सन काउन्टर सञ्चालित छन्। यस्तै देशभर जम्मा १०७ वटा एटीएम सञ्चालन गरी बैंकले आफ्ना ग्राहकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ।
शाखा विस्तारसँगसँगै गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न कटिबद्ध रहेको एनसीसी बैंकले विभिन्न खालका आकर्षक र प्रभावशाली वित्तीय योजनाहरुसमेत निरन्तर लागू गर्दै आएको छ। आमनागरिकका माझ विश्वासिलो बैंकिङ सेवाको छवि स्थापित गरिसकेको एनसीसी बैंक नेपाल र नेपालीको आर्थिक समृद्धिका लागि वर्षौंदेखि तल्लीन रहँदै आएको छ। आगामी दिनमा अझै कटिबद्ध भएर वित्तीय सेवामा लाग्ने प्रण बैंकले लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago