काठमाण्डौ । सनी सेक्युरिटिजले साइन्टिफिक बिजनेस हबअन्तर्गतको साइन्टिफिक लर्निङ सेन्टरको सहकार्य र भ्याली स्टेट कलेजको समन्वयमा चितवनको भरतपुर आधारभूत सेयर तालिम आयोजना गरेको छ।
भरतपुरस्थित तारा पुञ्ज रिसोर्टमा चैत १२ गते आधारभूत सेयर तालिम सञ्चालन गरिएको थियो। ग्लोबल मनी विक–२०२२ को ‘बिल्ड योर फ्युचर, बी स्मार्ट अबाउट मनी’ भन्ने विषयवस्तुलाई सम्बोधन गर्ने गरी सञ्चालन गरिएको तालिममा १४४ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रम विशेषगरी नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्ने युवाहरुका लागि धरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक लगानीकर्ताले जानकारी दिँदै आयोजक संस्थालाई धन्यवाद व्यक्त गरे।
यसका साथै साइन्टिफिक बिजनेस हबका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले युवाहरुको आर्थिक र वित्तीय क्षत्रसँग सम्बन्धित क्षमता अभिवृद्धि गर्ने, पैसा बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरुलाई सानै उमेरदेखि आर्थिक रुपमा सचेत गरी आवश्यक क्षमता अभिवृद्धि गर्दै सही वित्तीय निर्णयहरु लिन आवश्यक हुने ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरुको विकास गर्ने उद्देश्यले तालिम कार्यक्रम आयोजना गर्ने सनी सेक्युरिटिजलाई आभार व्यक्त गरे।
सेयर बजारको आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठूलो जोखिम मोल्नुपरेको अहिलेको अवस्थामा सेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरु पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने ध्येयका साथ सनी सेक्यूरिटिजको पहलमा सेयर बजारसम्बन्धी जागरुक र जनचेतनामूलक तालिमहरु देशव्यापी रुपमा सञ्चालन गरिरहेको साइन्टिफिक लर्निङ सेन्टरले जनाएको छ।
तालिममा सेयर बजार र परिचय, डिम्याट खाता र मेरो सेयरका बारेमा जानाकरी, प्राथमिक बजार र आईपीओ, दोस्रो बजार, सेयर बजारमा कसरी प्रवेश गर्ने, दोस्रो बजार र सेयर मूल्य निर्धारण, परिसूचक र सर्किट ब्रेक, लाभांश र हकप्रद सेयर, बुक क्लोज र मूल्य समायोजन, आधारभूत अनुपातलगायतका विषयमा जानकारी गराइएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago