काठमाण्डौ । बागमती प्रदेशको चितवनमा सोमबार स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न भएको छ। 

लिभिङ विथ आइसिटीको आयोजनामा चितवन मिडटाउन रिसोर्ट (सीएमटी) मा स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न भएको हो। दिउँसो १२ बजेदेखि सुरु भएको फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न ३५ स्टार्टअप तथा विद्यार्थीका आइडिया सहभागी भएका थिए। 

उक्त समयमा एक्सपेरियन्स सेयरिङ तथा मेन्टरिङ सेसन र आइडिया पिचिङ सेसन पनि आयोजना भएको थियो। कार्यक्रम ५ हजार भन्दा धेरैले अवलोकन गरेका छन्।

आइडिया पिचिङ सेसनमा २५ बढी स्टार्टअपले आफ्नो आइडिया प्रस्तुत गरेका छन्। 

प्रस्तुत गरेका आइडियामध्येबाट उत्कृष्ट ७ स्टार्टअप तथा आइडिया इन्क्युबेसनका लागि छनोट भएका छन्। छनोट हुने ७ स्टार्टअप तथा आइडियामा ई–मेड, कर्मदाता, नो ह्यासल ट्राभलर, नेपाल स्टिम एलायन्स प्रालि, एकेडेमी अफ मेडिकल एन्ड इन्जिनियरिङ साइन्सेस, उबन्टु डीडीई र नलेज एक्सडेन्ज रहेका छन्। 

त्यस्तै फेस्टबाट उत्कृष्ट स्टार्टअपका रुपमा नलेज एक्सचेन्ज प्रालि छनोट भएको छ।