काठमाण्डौ । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपले चितवनमा नयाँ थ्रीएस डिलर र टुएस सबडिलर सञ्चालनमा ल्याएको छ।
नयाँ थ्रीएस सेन्ट्रल अटो जोन (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भरतपुर–९ हाकिमचोक र टुएस सबडिलर न्यू पञ्चकन्या मोटर पार्ट्स टाँडीमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो।
उक्त डिलर र सबडिलरको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, सेन्ट्रल अटो जोनका प्रबन्ध निर्देशक राजेन्द्र बटाजु, अग्निका प्रतिनिधि र अन्य विशेष अतिथिको अमूल्य उपस्थितिमा आज आइतबार सामूहिक रुपमा भएको थियो।
अग्नि ग्रुपले नेपालका विभिन्न स्थानमा आफ्नो नेटवर्कको विस्तारमार्फत आफ्ना सम्पूर्ण सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्न तत्पर रहेको छ। यसरी नै आगामी दिनमा पनि अन्य थप डिलर र सबडिल सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19