काठमाण्डौ । नेपाल इन्टरमोडल यातायात विकास बोर्डले चोभार सुख्खा बन्दरगाहको नवनिर्मित आन्तरिक टर्मिनलको पहिलो ग्राहक नेपालको अग्रणी लजिस्टिक कम्पनी ‘उपाय’ भएको घोषणा गरेको छ।
आन्तरिक टर्मिनलमा १५० ट्रक र कन्टेनर पार्किङ क्षमता, ५४ ह ५४ वर्गमिटरको गोदाम, ८० टनसम्म सवारीसाधन तौल गर्ने सुविधा, लोड÷अनलोड शेड र चालक तथा कामदारका लागि शौचालयको व्यवस्था छ। यो नेपालको ढुवानी उद्योगलाई आधुनिकीकरण गर्न र थप प्रभावकारी र व्यवस्थित आपूर्ति शृंखला सिर्जना गर्ने प्रयासमा एउटा महत्वपूर्ण कोशेढुंगा हो।
बोर्डका कार्यकारी निर्देशक आशीष गजुरेलका अनुसार उपायले आन्तरिक टर्मिनल प्रयोगका लागि बोर्डको एप्लिकेसनबाट उपलब्ध गराइएका सेवाहरु प्रयोग गरी टर्मिनलबाट आंशिक गोदाम सञ्चालन गर्नेछ।
उपायले आफ्ना ग्राहकका तर्फबाट सामानहरु ड्राई पोर्टमा भण्डारण गर्ने सुविधा प्रदान गर्नका साथै ग्राहकले सीधै ड्राई पोर्टमा सम्पर्क गर्न पनि सक्छन्। ड्राई पोर्टले १० हजार वर्गफुटसम्मको लोडिङ उपकरण र भण्डारण ठाउँ प्रदान गर्दछ। तर, सामानहरुका लागि यातायात सेवाहरुको अभाव भएको हुनाले उपायले ड्राई पोर्टका अन्य सबै ग्राहकलाई यातायात सेवाहरु प्रदान गर्ने सम्बन्धमा मुख्य भूमिका खेल्न सक्छ र सुख्खा बन्दरगाहका अन्य ग्राहकका लागि सामान ढुवानी गर्न सक्छ।
चोभार ड्राई पोर्टको पहिलो ग्राहक बन्ने उपायको निर्णयले ढुवानी उद्योगलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारको पहललाई समर्थन गरेको छ। उपायको अन्तिम लक्ष्य निकट भविष्यमा आफ्नै गोदाम बनाउने रहेको भए पनि कम्पनीले हाल आफ्नो मागअनुसारको सेवालाई प्रवर्द्धन गर्ने र सामान ढुवानी गर्न चाहने सुख्खा बन्दरगाहका ग्राहकलाई यातायात सेवा उपलब्ध गराउनमा केन्द्रित छ।
चोभार सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनल नेपालको ढुवानी उद्योगको आधुनिकीकरणको दिशामा एक महत्वपूर्ण कदम हो। यस रुपान्तरणको अग्रभागमा रहेकोमा गर्व महसुस भइरहेको उपायले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago