 
                     
                                
                             
                                    काठमाण्डौ । लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चौथो वर्षमा प्रवेश गरेको छ । खल्तीले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज र सरल बनाउँदै आएको छ । सुरु गरेको तीन वर्षमै खल्ती वालेटका १४ लाखभन्दा बढी प्रयोगकर्ता भएका थिए।
’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ। यसको प्रयोग गरेर मोवाइलबाटै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवा लिन सकिन्छ । खल्तीबाट रकम भुक्तानी गर्दा क्यासब्याकसमेत पाइन्छ । यसले गर्दा ग्राहकको नगदको बचतसमेत हुन्छ।
खल्तीले वार्षिकोत्सवका अवसरमा प्रवद्र्धनात्मक योजना सुरु गरेको छ । यस योजनाअन्तर्गत कुल १६ जना प्रयोगकर्ताले ४ हप्तासम्म ४ वटा सुविधामध्ये कुनै एकको भुक्तानी गरी सहमागी भएर उपहार जित्न सक्नेछन्।
हरेक हप्ता यस्ता छन् उपहार योजना
यो योजना यही जनवरी २६ देखि फेब्रअरी २६ सम्म एक महिना सञ्चालन हुने कम्पनीले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19