काठमाण्डौ । जनकपुर घर भएका प्रमोद चौधरीले हाल काठमाडौं नयाँ बानेश्वरमा रहेको लिटिल बुद्ध कलेजमा पढाउँछन्। अध्यापनबाहेक ३२ वर्षे प्रमोद र उनकी श्रीमतिले ठमेलमा ह्याप्पी विमेन कम्पनीबाट हेन्डिक्राफ्टको व्यवसाय गर्छन्। प्रमोद व्यवसायमा लागेको ७ वर्ष भयो। 

५ वर्षीय एक छोरा र २ वर्षकी एक छोरीका बाबुआमा भएका यी दम्पत्तिले छोराछोरीको भविष्यलाई कसरी सहज र आर्थिक रुपमा सुरक्षित राख्ने होला भनेर सोचिरहन्छन्। केही पैसा छोराछोरीको नाममा जम्मा गर्दिन पाए भविष्यमा उच्च शिक्षा पढाउनका लागि सहज हुन्थ्यो भन्ने प्रमोदलाई लागिरहेको थियो। 

केही महिनादेखि छोराछोरीको लागि रकम बचत गरिदिने बारेमा सोचिरहेका प्रमोदले केही दिनअघि एक समाचारमा आँखा पर्यो। त्यो समाचार थियो– ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ सार्वजनिक। उनले समाचारलाई ध्यान दिएर पढे। ‘बैंकको मुद्दति खातामा राखेको रकम दोब्बरदेखि १० गुणा सम्म पाइने। ओहो, यो त गजब योजना रहेछ त,’ समाचार पढेपछि उनलाई लाग्यो, ‘मैले खोजिरहेको योजना यस्तै हो।’

‘सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’मा रहेको दोब्बर देखि दश गुणासम्म पाइने योजना बारे पढेपछि श्रीमतीसँग छलफल गरे। भविष्यका लागि भनेर रकम जम्मा गर्ने ग्राहकलाई दोब्बरदेखि १० गुणासम्म रकम उपलब्ध गराउने यो योजना प्रमोदकी श्रीमतीलाई पनि मन पर्यो। उनीहरुले यसमा रहेका दोब्बरदेखि १० गुणा पाइने योजनालाई गहिरिएर अध्ययन गरे र निर्णय गरे– १० गुणा सम्म रकम पाइने योजना लिने।

उनले यस योजनाअनुसार २१ वर्ष ७ महिना १७ दिनमा १० गुणाले रकम वृद्धि हुने योजनामा ५ लाख रुपैयाँ बचत गरेका छन्। ‘मैले खोजको जस्तै रकम बचत गर्ने योजना रहेछ यो,’ प्रमोदले भने, ‘यो स्किम धेरै मन परेकाले मैले छानेको हुँ।’ 

यस योजनाअनुसार अहिले प्रमोदले राखेको ५ लाख रुपैयाँबाट २१ वर्षमा ५० लाख रुपैयाँ प्राप्त गर्नेछन्। अहिले सानो रकम राखे पनि भविष्यमा यसले ठूलो प्रतिफल दिने भएका यसले धेरै सजिलो हुने विश्वास उनको छ। 

‘त्योबेला बच्चालाई पढ्न सजिलो हुन्छ भनेर यो सानो रकम राखेका हौं,’ प्रमोदले भने, ‘उनीहरुले कलेज पढ्न थाल्दा केही न केही सहयोग पक्कै होला भन्ने लागेको छ।’ 

अहिले ५ लाख रुपैयाँ राखे भए पनि २१ वर्षमा यो रकम ५० लाख हुनेछ। त्यो बेलासम्म उनीहरु उच्चशिक्षा पढिरहेका हुनेछ। त्यो बेला आवश्यक पर्ने रकम यसले पूर्ति गर्नेछ। 

त्यसबाहेक छोराछोरीको विवाह पनि गर्नुपर्ने हुन्छ। विवाहको लागि पनि यो रकमले सहयोग गर्न सक्नेछन्। ‘त्यो बेला आवश्यक रकम यहीबाट निकाल्न सकिनेछ,’ प्रमोद भन्छन्, ‘अहिलेको ५ लाख ५० लाख हुन्छ भने किन नराख्ने भनेर राखेका हौँ।’

उनले छोराछोरीको भविष्यको लागि रकम बढीभन्दा बढी गराउने विभिन्न अन्य तरिका पनि नसोचेका होइन। रकम बढाउने विभिन्न तरिका थिए। उक्त रकमलाई बीमा गरिदिने पनि सोचेका थिए तर बीमामा घरिघरि पैसा राख्नुभन्दा यो स्किम राम्रो लागेको बताए। उनले गरेको सामान्य हिसाबले पनि ५ लाखको बीमाबाट आउने रकमभन्दा यस योजनाबाट धेरै प्रतिफल आउन सक्ने देखेका छन्। 

‘बीमाभन्दा बैंकमा बचत राखेर १० गुणासम्म रकम पाइने कुरा मन पर्यो,’ प्रमोदले भने, ‘त्यसैले यो स्किम छानेका हुँ।’ प्रमोदका दम्पत्ति जस्तै काममा व्यस्त हुने बाबुआमालाई लक्षित गरेर उनीहरुले कमाएको पैसालाई म्याक्सिमाइज गराउने योजना ल्याएको हो, एनआईसी एशिया बैंकले। काठमाण्डौको नयाँ बानेश्वरका बिनोद आत्रेयले ६ वर्ष ४ महिना २५ दिनमा दोब्बर हुने योजना लिएका छन्। 

‘कुनै बाबुआमाले भर्खर बच्चा जन्माएका छन् भने उसलाई अहिले १० लाख राखिदिने हो भने २० वर्षमा एक करोड हुन्छ,’ आत्रेय भन्छन्, ‘त्योबेला उक्त बच्चालाई पढाउने लगायत अन्य खर्च यसैबाट गर्न सकिन्छ।’ 

‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ अनुसार रकम बचत गर्ने ग्राहकले निश्चित समयमा दोब्बर देखि १० गुणा सम्म रकम प्राप्त गर्न सक्छन्। 

आजभोलिका बाबुआमा आफ्नो उद्योग, व्यवसाय, जागिरमा निकै व्यस्त छन्। आफूले कमाएको पैसालाई उचित ठाउँमा लगानी गर्न सकिरहेका छैनन्। आफूले कमाएको पैसालाई उचित ठाउँमा लगानी गर्न सक्ने हो भने उक्त रकमले बढीभन्दा बढी प्रतिफल दिनसक्छ। 

‘अहिले काममा व्यस्त भएको श्रीमान–श्रीमतीलाई भविष्यमा आर्थिक सुरक्षामा सहयोग होस् भनेर यो योजना ल्याएका हौँ’, एनआईसी एशिया बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले भने, ‘यस्तो योजना नेपालका कुनै पनि बैंकमा छैन।’ 

यो योजना ल्याउनुअघि एनआईसी एशिया बैंकले आमजनताको बैंकिङ आवश्यकता र अपेक्षालाई पहिचान गरेर बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरेको थियो। त्यही अध्ययनका आधारमा बैंकले निक्षेप योजनाहरूलाई निरन्तर थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरु सुनिश्चित गर्न यो योजना ल्याएको जनाएको छ। 

यस्ता छन् सर्वश्रेष्ठ १० गुणा मुद्दति योजनाहरु 

एनआईसी एशिया बैंकले २०७९ असार १२ गतेदेखि छोटो समयको लागि यो योजना ग्राहकमाझ ल्याएको हो। जसमा सर्वाधिक उच्च ब्याजदरसहित मुद्दति निक्षेप रकमको १० गुणा रकम फिर्ता पाइने छ। यस योजनाअनुसार ग्राहकले मुद्दति खातामा राखेको रकम ६ वर्ष ४ महिना २५ दिनमा दोब्बर पाउन सकिन्छ। मानौं कुनै ग्राहकले ५ लाख रुपैयाँ राखेका छन् भने ६ वर्षमा १० लाख रुपैयाँ पाउनेछन्। 

१० वर्ष २ महिना १४ दिनसम्मलाई आफ्नो रकम निक्षेप राख्ने हो भने तीन गुणा प्राप्त गर्नेछन्। आफूले राखेको रकमले ४ गुणा रकम प्राप्त होस् भन्ने चाहना राख्ने ग्राहकले १२ वर्ष ११ महिना २ दिन पर्खिनुपर्छ। आफ्ना छोराछोरीको भविष्यको लागि भनेर ५ लाख रुपैयाँ राख्ने परिवारले यस अवधिमा आफ्नो रकमलाई ४ गुणा बढाएर २० लाख रुपैयाँ पाउनेछन्।  

त्यसैगरी १५ वर्ष १३ दिनमा ग्राहकको बचत रकम ५ गुणाले वृद्धि हुन्छ। यसको अर्थ हो– अहिले १० लाख रुपैयाँ राख्नु भनेको १५ वर्ष पछि छोराछोरीको लागि ५० लाख रुपैयाँ जम्मा गरे सरह हो। यही रकम १६ वर्ष ९ महिना ६ दिनसम्म राख्ने हो भने ६ गुणा रकम प्राप्त गर्न सकिनेछ। 

त्यसैगरी १८ वर्ष २ महिना २४ दिनमा ७ गुणा, १९ वर्ष ६ महिना १ दिनमा ८ गुणा, २० वर्ष ७ महिना १५ दिनमा ९ गुणा र २१ वर्ष ७ महिना १७ दिनमा १० गुणा आफ्नो रकम पुग्नेछ। 

यदि कुनै अभिभावकले ससाना छोराछोरीलाई भविष्यका लागि धेरै काम लाग्छ भनेर अहिले ५ लाख रुपैयाँमात्र राख्ने हो भने २१ वर्ष ७ महिना १७ दिनमा १० गुणाले बढेर ५० लाख रुपैयाँ पुग्छ। बैंकले यो योजना व्यक्तिगत ग्राहकबाहेक संस्थागत ग्राहक र रेमिट्यान्स खाता भएका ग्राहकको लागि भनेर छुट्टाछुट्टै योजनासहित ल्याएको छ।