काठमाण्डौ। सनी सेक्युरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साइन्टिफिक बिजनेस हवद्वारा सञ्चालित साइन्टिफिक लर्निङ सेन्टरको सहकार्यमा शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म जनकपुरस्थित मोनास्टिक कलेजमा आधारभूत सेयर तालिम सफलताका साथ सञ्चालन गरेको छ। तालिममा ७१ जनाको सहभागिता थियो।

तालिम कार्यक्रममा विशेषगरी सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र मेरो सेयरबाट प्राथमिक बजारमा आईपीओमार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, सेयर बजारका फाइदा तथा जोखिम, जोखिम न्यूनीकरणका उपाय तथा नेपालमा अन्लाईन सेयर कारोबारको महत्त्व र यसबारे विशेष जानकारी समेटिएकोले विद्यार्थीलगायत नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्नेहरुका लागि तालिम धरै प्रभावकारी भएको कुरा तालिका सहभागीले व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन्।

यसका साथै साइन्टिफिक बिजनेस हबका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका मुख्य प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवालाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णय लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यले तालिम कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था सनी सेक्युरिटिजप्रति आभार व्यक्त गरे।

सेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठूलो जोखिमका बीच दोस्रो बजारमा कारोबार गर्नुपरेको अहिलेको अवस्थामा सेयर बजारको आधारभूत ज्ञानसहितका यस्ता कार्यक्रम पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्युरिटिजको पहलमा सेयर बजारसम्बन्धी जागरुक र जनचेतनामूलक तालिम देशव्यापी रुपमा सञ्चालन गरिरहेको कुरा साइन्टिफिक विजनेश हबअन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ सेन्टरले जनाएको छ।

कार्यक्रमका विशेषताहरु सेयर बजार र परिचय, डिम्याट खाता र मेरो शेयरको बारेमा जानाकरी, प्राथमिक बजार र आईपीओ, दोस्रो बजार, सेयर बजारमा कसरी प्रवेश गर्ने ?, दोस्रो बजार र सेयर मूल्य निर्धारण, परिसूचक र सर्किट ब्रेक, लाभांश र हकप्रद सेयर, बुक क्लोज र मूल्य समायोज, आधारभूत अनुपात जस्तैः प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, किताबी मूल्य, ग्राम नम्बर आदि, सेयर बजारलाई प्रभाव पार्ने तत्वहरु के–के हुन्?, वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, कम्पनी छान्ने तरिका र सेयर बजारका फाइदा तथा जोखिम, जोखिम न्यूनीकरण, नेपालमा अनलाइन सेयर कारोबारको महत्व र यस क्षेत्रबारे विशेष जानकारी रहेको जनाइएको छ।