काठमाण्डौ। समृद्धि फाइनान्सलगायतका विभिन्न संघसंस्थाको सहभागितामा राष्ट्रिय अपांग महासंघ नेपाल, गण्डकी प्रदेश तथा शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, पोखराको संयुक्त आयोजनामा प्रभातफेरी तथा अन्य कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अपांगतासम्बन्धी जनचेतना जगाउनका लागी पर्चा तथा पम्प्लेट वितरण गरिएको थियो। यसका साथै उक्त अवसरमा विभिन्न खेलकुद प्रतियोगीताहरु पनि आयोजना गरिएको थियो।
हाल पाँचवटा शाखामार्फत कारोबार गर्दै आएको संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ। निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा, कोभिड रिलिफ कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ।
यसका साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण भर्ने लगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउँदैछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago