काठमाण्डौ । लोडसेडिंग हटाएर माओवादी नेतृत्वको सरकारको लाज ढाकिदिएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले मतदाताबाट समेत राम्रै स्याबासी पाउने देखिएको छ । 

उनी प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेको पश्चिम रुकुमको प्रारम्भिक मतपरिणाम अनुसार शर्माले झण्डै चारगुणा बढी मतले सुरुवाती अग्रता लिएका छन् । 

उनले १ हजार १ सय मत ल्याएका छन् भने उनलाई लोकतान्त्रिक गठबन्धनका गोपाल शाहले ३०० मतले पछ्याइरहेका छन् ।