काठमाण्डौ । एनआई सी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख सहयोग दिने घोषणा गरेको छ ।

कम्पनीले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा उक्त नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको हो ।

गत कात्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिमलगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम उपलब्ध गराउने घोषणा गरेको कम्पनीले बताएको  छ ।

साथै कम्पनीले उक्त विनासकारी भूकम्पमा परी ज्यान गुमाएका सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

कम्पनीले मुलुकभर ३६० वटा शाखा कार्यालयहरू, ६४५ वटा एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।