काठमाण्डौ । नेपाल रिमेडिज लिमिटेडले जाजरकोट भूकम्पपीडितलाई १ लाख ट्याबलेट पारासिटामोल सहयोग गरेको छ।

नेपाल रिमेडिजले विपत्तको समयमा अत्यावश्यक औषधिको कमी हुन नदिन उक्त औषधि सहयोग गरेको हो। उक्त औषधि आइतबार नै जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोट पठाइएको कम्पनीले जनाएको छ। 

यसका साथै आवश्यक थप सहयोग गर्नसमेत प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।