 
                     
                                
                             
                                    काठमाण्डौ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ।
जाडो मौसमले सवारीसाधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले सवारीधनीले यसमा ध्यान पुर्याउन अत्यन्त जरुरी हुन्छ। सुजुकीका ग्राहकलाई यो विषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न यो क्याम्प सञ्चालन हुन लागेको कम्पनीले जनाएको छ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जित्न सक्नेछन्।
सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी÷हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन्।
त्यसैगरी एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ग्राहकहरुले ५० प्रतिशत छुट पाउनेछन् भने इन्जिन कुलिङ, एसी÷हिटरसम्बन्धी पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनेछन्।
यसका साथै यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट पाउनेछन्।
सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरिका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ। ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19