काठमाण्डौ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आगामी पुस २४ गतेदेखि २६  गतेसम्म ‘विन्टर फ्री  सर्भिस क्याम्प’ को आयोजना गर्ने भएको छ । 

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्न सक्ने भन्दै कम्पनीले यो विषयमा जानकारी गराउन र ग्राहकको गाडीलाई राम्रो अवस्थामा राखि राख्न  क्याम्प सञ्चालन हुन लागेको बताएको छ। 

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले गाडीको सर्भिसमा आकर्षक छूट र अन्य अफर  पाउनुनको साथै लक्की ड्रमार्फत् वर्षभरीको लागि पार्टस् र कन्जुमेबल्ससहितको सर्भिस प्याकेज पनि जीत्न सक्नेछन्।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी र हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् ।

त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छूट पाइनेछ । 

यसका साथै ग्राहकले पाट्र्स र एसोसरिजमा १० प्रतिशत छूट पाउने छन् भने लेवर चार्जमा पनि २० प्रतिशत छूट पाउने छन् । 

सुजुकीको विन्टरसर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुने पनि कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।