काठमाण्डौ। नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले आफ्नो दुई नयाँ डिलरहरु दाङको घोराहीस्थित तुल्सीपुर रोडमा जेबीएस अटोमोबाइल्स र कैलालीको धनगढीस्थित बोराडन्डी आर्मी हस्पिटल सामुन्ने दिवा मोटर्स प्रालिलाई सञ्चालनमा ल्याएको छ। 

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज, बागलुङ, वीरगन्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरु भएका स्थानहरुमा सुलभ रुपमा जावा मोटरसाइकलहरु उपलब्ध गराइसकेपछि घोराही र धनगढीमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरुमहरु स्थापना गरिएको हो। 

जेबीएस अटोमोबाइल्स र दिवा मोटर्सको सञ्चालनसँगै आसपासका क्षेत्रका ग्राहकले अब यी विशिष्ट शोरुमबाट प्रशस्त गुणस्तरीय सेवा लिन सक्ने कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाउनुसँगै नेपालमा पनि क्लासिक मोटरसाइकल प्रेमीहरुले निकै नै रुचाउनुले जावा मोटरसाइकलले सबैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। 

यसैबीच नेपालका विभिन्न स्थानहरुमा द्रुतगतिमा डिलरहरु स्थापना गर्ने क्रममा फेसनेबल र स्टाइलिस जावा मोटरसाइकलले सञ्चालनमा ल्याएको यी दुई डिलरहरुबाट सम्पूर्ण सेवा पाइने पनि कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार मोटरसाइकलप्रेमीहरुले अब जावा, जावाफोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न पनि सक्नेछन्।

जावा चेक गणतन्त्र, पूर्वचेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो। जुन आफ्नो स्वर्णिम समयमा १२० भन्दा बढी देशमा क्लासिक, राम्रोसँग इन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो। 

यो सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो। जावा मोटरसाइकलको दोहोरो विशेषताहरु– यसको सुन्दर डिजाइन र बलियो प्रदर्शन चरित्रले यसले प्रयोगकर्ताको मन जित्नमात्र सफल नगरी विश्वका थुपै विश्व उपाधि पनि जितेको छ।