काठमाण्डौ । यसपालिको दसैँ तथा तिहारको उपलक्ष्यमा जावाले ग्राहकमुखी योजना प्रस्तुत गरेको छ। नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले आफ्ना नयाँ खरिद गर्ने ग्राहकलाई प्रफेसनल राइडिङ ज्याकेट (जावा इन्डुरो शीथ) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ।

जावा प्रोफेसनल राइडिङ ज्याकेट वास्तवमै ४ वटै मौसमका लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ। यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीईद्वारा प्रमाणीकरण गरिएको छ। त्यसैगरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलका साथ सुरक्षासमेत प्रदान गर्दछ। 

लेजेन्डरी जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ। यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो। स्थापनाकालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहँदैं आएको छ। 

नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रालिले भित्र्याएको हो। आग्नि माटो इन्क प्रालि अग्नि ग्रुपअन्तर्गत स्थपित भगिनी संस्था हो। नेपालभरि अग्नि मोटोइन्क प्रालिको हाल १३ बटा डिलर नेटवर्क रहेका छन्।