काठमाण्डौ । यसापलिको दसैँ र तिहारका लागि जावा नेपालले ग्राहकलक्षित अफर सार्वजनिक गरेको छ। 

नेपालको सबैभन्दा आधुनिक र आकर्षक मोटरसाइकल जावाले यस चाडपर्वको मौसममा नयाँ ग्राहकका लागि अभूतपूर्व अफर ल्याएको हो। जावा नेपालले ग्राहकलाई सर्वाधिक मनपर्ने जावा ‘९ प्रतिशत’ को शानदार ब्याज दरमा ल्याएको छ। यसका साथै ग्राहकले यस चाडपर्वको मौसममा हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेसनल राइडिङ ज्याकेट’ र निःशुल्क ‘हेल्मेट’ पनि प्राप्त गर्नेछन्। 

कम्पनीले ग्राहकको गाडीका लागि सर्वाधिक मूल्यांकनसहित ‘इजी एक्सचेन्ज’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ। ९% को न्यूनतम ब्याजदरसँग आफ्नो मनपर्ने जावा प्राप्त गर्न अब अझ सजिलो भएको छ। 

कम्पनीको फाइनान्सिङ पार्टनर ‘अग्नि हायर पर्चेज लिमिटेड’सँगको सहकार्यमा यो सुविधा ल्याइएको हो। सजिलो फाइनान्सिङ र न्यूनतम ब्याजदरका साथ कुनै पनि झन्झट बिना आफ्नो मनपर्ने जावा खरिद गर्न सक्नेछन्। 

जावा प्रोफेसनल राइडिङ ज्याकेट वास्तवमै ४ वटै मौसमका लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सेल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ। यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीईद्वारा प्रमाणीकरण गरिएको छ। त्यसैगरी यसको हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ।

जावा मोटरसाइकल एक दशकभन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो। यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो। स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहँदै आएको छ। 

नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रालिले भित्र्याएकोे हो। आग्नि माटो इन्क अग्नि ग्रुपअन्तर्गत स्थपित सहसंस्था हो। देशभरको १६ भन्दा बढी डिलर नेटवर्कसँग ग्राहकको मनपर्ने जावा सधैँ ग्राहकको पहुँचमा छ।