काठमाण्डौ। नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्री सर्भिसिङको सुविधा प्रदान गर्ने भएको छ। 

जावा मोटरसाइकलका ग्राहकहरुले काठमाण्डौ, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज, वीरगन्ज, सुर्खेत, दाङ, बागलुङ र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी मोडलका जावा बाईकहरुमा फ्री सर्भिसिङको सुविधा लिन सक्नेछन्। 

अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएका साथै नेपालमा पनि क्लासिक मोटरसाइकल निकै रुचाइएको जावा मोटरसाइकलले सबैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। 

यसैबीच नेपालका विभिन्न स्थानहरुमा अवस्थित शोरुममार्फत पाइने फ्री लेबर चार्ज सुविधाले ग्राहकहरुलाई थप सहजताको प्रत्याभूति गराउने विश्वास पनि गरिएको छ।