काठमाण्डौ। अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ।

यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्। यसका साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद रु. १ लाख जित्ने अवसर पाउनेछन्। 

यसै क्रममा जितपुर सिमरा उपमहानगरपालिका–१६ सखुवाघाटनिवासी राजन दाहालले रु. १ लाख जितेका श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौँडा डिलरअन्तर्गत रहेको बारा, सखुवाघाटका सहवितरक गीता इन्टरप्राइजका डिलरदाइ राजेश थापा मगरकोमा १ वर्ष रिचार्ज गरेर दाहालले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए। 

डिशहोमका तर्फबाट एरिया सेल्सम्यान्जेर सञ्जीव कार्की, सेल्स अफिसर गौरव घिमिरे, श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठबाट जितेको पुरस्कार रकम दाहाललाई हस्तान्तरण गरिएको छ।