काठमाण्डौ ।  एमाले अखडा मानिएको जुम्लाको गुठिचौर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् । 

उपप्रमुखमा पनि माओवादी केन्द्रका जानदेवी ऐडिले जित हासिल गरेकी छिन् । 

माओवादी केन्द्रका भण्डारीले एक हजार ५ सय ९६ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४ सय ६७ मत प्राप्त गरेर हार व्यहोर्नुपर्यो ।

उपप्रमुखमा ऐडीले एक हजार ५ सय ८५ मत प्राप्त गरी विजयी भइन् भने एमाल उम्मेदवार धनरुपा बुढाले एकजार ३ सय ६५ मत प्राप्त गरिन् ।

उता, मुस्ताङ सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिका प्रमुखमा एमालेका आसबहादुर थकाली विजयी भएका छन् । थकालीले ४ सय ५४ मत ल्याए भन उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका बिजय हिराचनले ४ सय १७ मत ल्याए । यो क्षेत्रको उपप्रमुखमा एमालेकै शर्मिला गुरुङले ७ सय ७ मतका साथ विजयको माला लगाइन् । कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार पुष्पा शेरचनले २ सय १५ मतमै चित्त बुुझाउनुपर्यो ।

मुस्ताङकै लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा चाहि कांग्रेसका सुबर्णकुमार बिष्ट बिजयी भएका छन् । उनी ६ सय ३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिदन्दी स्वतन्त्र उम्मेद्वार इन्द्रधारा बिष्टले ४ सय ९५ मत ल्याए । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकै पेमा डोल्मा बिष्टले ६ सय ५२ मत ल्याइ बिजयी भइन् । उनका प्रतिद्धन्द्धी एमालेकी पासाङ डोल्कर गुरुङले ३ सय ३३ मत प्राप्त गरिन् ।