काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज सोमबारबाट जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ मा २१३ औँ शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकको जुम्लामा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि चन्दननाथ नगरपालिका मेयर  कान्तिका सेजुवालले गरेकी छन्। सेजुवालले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय गरिन्। उनले प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्दै बैंकलाई सफलताको शुभकामना व्यक्त गरिन्। 

जुम्ला शाखाबाट स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास छ। स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा जुम्ला शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ।