काठमाण्डौ । एमएडब्लु ग्रूप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रालिले धनुषको ढल्केबरमा जेसिबीको एक्सक्लुसिभ रिटेलर सञ्चालनमा ल्याएको छ ।

जसअन्तरगत कम्पनीले एक्सक्लुसिभ रिटेलर पायल मोटर पार्ट्स सञ्चालनमा ल्याएको  हो ।  जसको उद्घाटन ढलकेबर- ६ का वडा अध्यक्ष नन्दकिशोर यादव,  कम्पनीका निर्देशक गोपाल कुमार अग्रवाल, बिजनेस हेड रोशन कुमार श्रेष्ठ, पायल मोटर पार्ट्सका प्रबन्ध निर्देशक दीपेन्द्र शाह तथा ढल्केबरका स्थानीय ग्राहकमार्फत संयुक्त रुपमा गरिएको छ । 

यसको शुरुवात सँगै अब ढल्केबरका ग्राहकहरुले पायल मोटर पार्ट्समार्फत जेसिबीका पार्ट्सहरु खरिद गर्न पाउने छन् । नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रालि हो । 

कम्पनीले ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत् देशभर बिक्री वितरण गर्दै आएको पनि बताएको छ ।