काठमाण्डौ । ज्योति क्यापिटल लिमीटेडको सञ्चालक समितिको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको आइतबार बसेको ४५ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनीत भई आएका सो बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बराललाई अध्यक्षमा चयन गरेको हो ।
बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा १४ वर्षभन्दा बढीको अनुभव बोकेका बरालसँग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा कार्य गरेकोे अनुभव छ । यसका साथै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालकको भूमिका निर्वाह गरेका उनको अन्य संस्थाहरुमा समेत सफल कार्य गरेको अनुभव छ ।
भारतको आई.सि.ए.आईबाट चार्टर्ड एकाउन्टेन्सी गरेका बरालले त्रिभुवन विश्वविद्यालयबाट एल एल.बिको साथै अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ ।
क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19