काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ‘खल्ती’ बाट तिर्दा प्रयोगकर्ताले १ हजार रुपैयाँसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ। यसका साथै ५ हजारसम्मको खल्ती प्वइन्ट र पहिलो भुक्तानीमा प्रोमोकोड INSURE100 प्रयोग गरी १०० रुपैयाँको क्यासब्याक पनि प्राप्त गर्नेछन्।
कोरोना महामारीको समयमा डिजिटल भुक्तानीले अर्थव्यवस्थालाई सहज बनाएको र प्रयोगकर्तालाई भाइरसको सम्पर्कबाट बच्न मद्दत गरेको छ। तसर्थ, लामो लाइनमा नबसी सुरक्षित रुपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको हो।
यस सुविधाबारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रविधि र विकासको परिवर्तनसँगै डिजिटाइजेसनको आवश्यकता द्रुत रुपमा बढिरहेको छ। धेरै बीमा ग्राहकहरुले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन्। डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको हो।’
ज्योति लाइफ इन्स्योरेन्सको नवीकरण बीमा शुल्क ‘खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छः
रु. ५ हजार माथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती खाता नभएको खण्डमा साइन अप गरी वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ।
‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताहरुलाई समयका साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19