काठमाण्डौ । ज्योति फाउन्डेसनले गैरसरकारी संस्था हिमालय उद्धार संघ नेपाललाई होन्डा जेनेरेटर सहयोग गरेको छ।

नेपालका लागि होन्डा ब्रान्डका जेनेरेटर तथा अन्य होन्डा पावर प्रोडक्टहरुको एकमात्र आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले विषेशत हिमाली क्षेत्रका अतिविकट स्वास्थ्य सेवामा कम पहुँच वा पहुँच नै नभएको क्षेत्रमा स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने उक्त संस्थालाई विभित्र स्वास्थ्य उपकरणहरु जस्तै अक्सिजन, भिडियो एक्सरे तथा अन्य डायग्नोष्टिक उपकरण सञ्चालन गरी स्वस्थ शिविर चलाउन तथा उद्धार कार्यमा सहज होस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको हो। 

संस्थालाई ज्योति समूहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउन्डेसनकी सञ्चालक मिरा ज्योति र स्यकाकर टे«डिङ कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिले एक कार्यक्रमबीच सहयोगस्वरुप होन्डा जेनेरेटर हस्तान्तरण गरेका हुन्। यसरी सहयोग गर्न पाउँदा खुसी लागेको कम्पनीले जनाएको छ। 

यस ब्रान्डका जेनेरेटर तथा अन्य पावर प्रोडक्टहरु उच्च गुणस्तरीय, कम इन्धन खपत, कम आवाज, न्यूनतम संचालन खर्च, वातावरण मैत्री र भरपर्दो मानिन्छ। यो सेगमेन्टमा होण्डा पावर प्रोडक्टसहरु नेपालको सर्वाधिक बिक्री हुने पावर प्रोडक्टहरुमा पर्दछ।