ललितपुर। ललितपुर जिल्लामै पहिलोपटक अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एन्ड क्लब’ सञ्चालन हुने भएको छ। झम्सीखेलमा यही पुस १५ गतेबाट लाउन्ज सञ्चालनमा आउने लागेको हो।
कोरोना कहरका कारण सारा व्यवसाय ठप्प भएकै बेला हिम्मतिला युवा व्यवसायीहरुको सामूहिक लगानीमा सञ्चालनमा आउन लागेको उक्त रेष्टुराँमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाईन्छ। हाइजेनिक खानाका परिकारमात्रै नभई हरेक दिन फरक–फरक सांगीतिक लाईभ कार्यक्रम समेत प्रस्तुत गरिने ‘अपटाउन लाउन्ज एन्ड क्लब’का अध्यक्ष आदित्य मिश्रले जानकारी दिए।
फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्देश्यले नयाँ शैलीको रेस्टुराँ सञ्चालनमा ल्याउन लागेको मिश्रको भनाइ छ। रेस्टुराँमा सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरुसमेत सञ्चालन गरिने गरी व्यवस्था गरिएको छ। जसका लागि टेरेस रुम, भीआईपी रुम, लाइभ रुम, फेमेलि रुमलगायतको व्यवस्था रहेको मिश्रले बताए।
संगीतका साथै स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। रेस्टुरेन्ट बिहान ११ बजेदेखि राति २ बजेसम्म सञ्चालनमा आउनेछ। बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु सञ्चालन गरिने छ।
‘विशेषगरी रेस्टुरेन्टमा क्रिस्पी चिकेन, चिकेन कोत्सो, पानको फ्राइड प्राउन, बेकन सिरिम्स रोल, क्रिम्सी मिनी रोललगायतका फरक–फरक स्वादका खानाहरु उपलव्ध छन्। झम्सीखेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजनाका साथ रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको अध्यक्ष मिश्रले जानकारी दिए।
अपटाउन रेस्टुरेन्टमा पाँच दर्जन बढीले प्रत्यक्ष रोजगारी समेत पाएका छन्। झम्सीखेल चोकमै रहेको रेस्टुरेन्टको भित्री भागका साथै बाहिरी छत पनि समेटेको छ, जहाँ बसेर झम्सीखेलको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिन्छ। रेष्टुरेन्टमा प्रयोग गरिने धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत खरिद गर्ने योजना रहेको छ।
पब र क्लबहरु दरबारमार्ग र ठमेलमा मात्र हैन अब झम्सीखेलमा पनि छ है भन्ने सन्देश दिन पनि ‘अपटाउन लाउन्ज एन्ड क्लब’को आइडिया फुरेको अर्का संञ्चालक गौरव जैनले बताए। नयाँ वर्षको अवसरमा ‘अपटाउन लाउन्ज एन्ड क्लब’ले विशेष अफरसहितका कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको छ।
ललितपुरको मुख्य केन्द्र मानिने झम्सीखेलमा सुरक्षित पारिवारिक वातावरणमा फरक ढंगले संगीत र स्वादको आनन्द लिन सकिने हिसाबले रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको अध्यक्ष मिश्रले बताए। नेपालको नमूना स्वरुपमा तयार गरिएको लाउन्जमा लाइटिङ सिस्टम हाई टेक्नोलोजी काइनेटिक, आरजीबी स्टिपसहितका अत्याधुनिक तथा अहिलेसम्मकै नयाँ प्रविधि प्रयोग गरिएको छ। खेलप्रेमीहरुलाई समेत मध्यनजर गर्दै ३ वटा उच्चस्तरीय ठूलो पर्दाको एलईडी स्क्रिनको समेत व्यवस्था गरिएको छ।
रेस्टुराँ सञ्चालनमा आइसके पनि औपचारिक उद्घाटन भने केही दिनपछि गरिने मिश्रको भनाइ छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19