काठमाण्डौ । एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले फराकिलो मतअन्तरले अग्रता लिएका छन् । 

इलामको क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेका खनालले १४ हजार ८ सय ५६ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले ८ हजार ४ सय ९० मतले पछ्याइरहेका छन् । 

उता, इलाम २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेका तत्कालीन संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले पनि करिब ५ हजारको मत अन्तर बनाएका छन् । 

नेम्वाङले १६ हजार ३ सय १३ मत ल्याएका छन् भने उनलाई कांग्रेसका केशव थापाले ११ हजार ६ सय ९८ मतले पछ्याइरहेका छन् ।