काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय झापामा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

भद्रपुरनगरपालिका चन्द्रगढिस्थित  प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउन्टरको आज एक कार्यक्रमबीच सहायक प्रमुख जिल्ला अधिकृत कृष्णकुमार निरौलाले उद्घाट्न गरे ।

प्रशासन कार्यालयमा आउने सेवाग्राहीले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले झापा प्रशासनमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो ।

एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

प्रभु बैंकले १९६ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।