काठमाण्डौ । टफिको तड्का लिची बजारमा नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्रान्ड टफिकोअन्तर्गत नयाँ तड्का लिची “टेष्टको नयाँ टिव्स्ट” को नारासहित बजारमा सार्वजनिक गरेको छ।
तड्का लिचीमा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ। तड्का लिचीको बिक्री मूल्य प्रतिगोटा रु. २.५० कायम गरिएको छ। यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ।
तड्का लिची आँप र पाइनएप्पलको स्वादमा उपलब्ध हुँदै आएको छ र लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ। तड्का लिची नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध हुनेछन्।
टफिकाका विभिन्न उत्पादनहरु नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरुको मन जित्न सफल भइरहेका छन्। हाल टफिकाअन्तर्गत फ्रुटी फन, फ्रुटी डिलाइट, डाउज, क्रिमी ल्याक्टो, तड्का (आँप तथा पाइनएप्पल), चट्पटा फन तथा कोफिटिनो बजारमा उपलब्ध छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19