काठमाण्डौ । नेपालमा टर्किस पर्फ्युम ब्रान्ड निसनेका उत्पादनहरुको बिक्री सुरु भएको छ। नेपाली बजारमा ब्रान्डेड पर्फ्युमहरु बिक्री गर्दै आइरहेको इना सेन्टरले निसने ब्रान्डका पर्फ्युमहरु भित्र्याएको हो। 

राजधानीमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले निसने एक्स कलेक्सनको उद्घाटन गरे। संसारभर पर्फ्युम पारखीहरुका लागि उत्कृष्ट मानिएको निसने ब्रान्डका पर्फ्युम टर्कीमा उत्पादन हुन्छन् भने इना सेन्टरले यसका विभिन्न भेरियन्टहरु नेपालमा भित्र्याएको हो।  

इना सेन्टरले नेपालमा ३० वर्षदेखि अन्तरराष्ट्रिय ख्याति प्राप्त ब्रान्डका पर्फ्युमहरु आयात तथा बिक्री वितरण गर्दै आएको छ। इना सेन्टरका न्युरोड, सिभिल मल, दरबार मल तथा बबरमहल रिभिजिटेडमा रहेको शोरुमबाट निसने ब्रान्डका पर्फ्युम बिक्री हुने इना सेन्टरका प्रवन्ध निर्देशक उद्धव बर्तौलाले जानकारी दिए। इनाले हाल क्लिभ क्रिष्टियन, लिक्विड्स इमेजिनरिज, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत ब्रान्डका पर्फ्युमहरु बिक्री गर्दै आइरहेको छ। 

निसने छोटो समयमा स्थापित टर्किस ब्रान्ड हो। यो ब्रान्डका पर्फ्युमहरु विश्वका सर्वाधिक बिक्री हुने पाँच उत्कृष्ठ पर्फ्युममध्येको सूचीमा पर्दछन्। निसनेका उत्पादनहरुमध्ये उत्कृष्ट पाँच ब्रान्डहरु ह्यासिभ्याट, हन्ड्रेड साइलेन्ट वेज, एनी एक्स, फ्यान योर फ्लेम्स, वुलोङ चा इना सेन्टरको एक्स कलेक्सनमा उपलब्ध छन्। 

निसनेका प्रत्येक नयाँ संस्करणहरुमा मौलिक सुगन्धको मुख्य विशेषताहरु रहने जनाइएको छ। यसलाई नयाँ क्षितिजमा लैजान र उपभोक्ताको रुचिलाई कायम राख्नका लागि विशेष प्रकारको डिजाइन गरिएको यी पर्फ्युमहरु अत्तरको संसारमा नयाँ विश्वव्यापी आइकनहरु बन्ने अपेक्षा गरिएको छ। बेस्टसेलर पर्फ्युम निसनेको ह्यासिभ्याट सन् २०१७ बाट बजारमा आए पनि यसको लालित्य, योग्यता र कलाको प्रेमलाई निखारिएको भन्दै प्रशंशा भइरहेको छ। यस्तै, हन्ड्रेड साइलेन्ट वेज पर्फ्युम सन् २०१६ मा लञ्च भएपछि यसले पर्फ्युमका क्षेत्रमा नयाँ आयाम थपेको छ। यसलाई मौलिक सुगन्ध मन पराउनेहरु र मौलिक सूत्रको आकर्षक मुडमा नयाँ टेक खोज्नेहरुले रुचाउँछन्। 

एनी पर्फ्युम सन् २०१९ मा सार्वजनिक भए पनि यसले मानिसहरु बीचको सबै भावनात्मक सीमाहरु हटाउन सफल भएको छ। यो सुगन्ध तुरुन्तै विश्वव्यापी हिट भयो जुन प्रायः सबैभन्दा राम्रो भेनिला सुगन्धका रुपमा उल्लेख गरिएको थियो। 

वुलोङ चा सन् २०१५ मा विश्वव्यापी रुपमा सुरु गरिएको निसनेको विश्वभरि ठूलो फ्यानबेसमा पुगेको पर्फ्युम भएको छ। यसलाई प्रयोग गर्नेहरुको शब्दमा यसले सुदूर पूर्वको शान्त चिया बगानहरुमा लैजान्छ, जहाँ ओलोङ चियाका पातहरु र भूमध्यसागरीय फिगका नाजुक नोटहरु छन्। 

फ्यान योर फ्लेम्स अर्को बेष्टसेलर पर्फ्युम हो। यसको सुगन्ध नरिवल, रम र लेन्टीस्कको संयोजनको साथ खुल्छ, जसले मीठो र सुगन्धित वातावरण दिन्छ। सुगन्धको मुटुमा तंबाकू, टोन्का बीन र थाइम तेलको मिश्रण हुन्छ, जसले समृद्ध र मसालेदार सुगन्ध सिर्जना गर्दछ।