काठमाण्डौ । नेपाल प्रहरीले आज काठमाण्डौको ढुंगेअड्डास्थित न्यु प्रकाश अटो ट्रेडर्समा छापामारी सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ। 

लामो समयदेखि भारतबाट अवैध रुपमा नक्कली पार्टस झिकाई बिक्रीवितरण गर्दै जानकारी पाएपछि प्रहरीले न्यु प्रकाश अटो टे«डर्समा छापामारी सञ्चालक रौनियारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा रौनियारले टाटाका नक्कली पार्टस बिक्रीवितरण गरेको पाइएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ। 

प्रहरीले अन्य शंकास्पद स्थानहरुमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनहरुमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ।