काठमाण्डौ । टाटा मोटरसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङद्वारा १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा आयोजित मेगा सर्भिस क्याम्पको आज सम्पन्न भएको छ।

यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौ उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा छन्। बाँकी ९ वटा उपत्यकाबाहिरका स्थान पोखरा, इटहरी, मेची, वीरगन्ज, ढल्केबार, हेटौँडा, सर्रा, धनगढी र नेपालगन्जमा छन्।  

यो तीनदिने क्याम्पमा टाटाका ९५५ वटा ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले जाँच एवं मर्मतसम्भार गरिएको थियो भने १ हजार ५३३ व्यक्तिको सहभागिता थियो।  यस्तो जाँच गराउँदा गाडीधनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधा प्राप्त गरेका थिए। 

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुटलगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निःशुल्क प्रदान गरिएको थियो। यसका अतिरिक्त क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेजअन्तर्गतको रु .४ हजार नगद फिर्ताको पनि व्यवस्था थियो। 

‘हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरु बजार द्रुत गतिमा भइरहेको छ। यसै सन्दर्भमा त्यस्ता गाडीहरुको ग्राहकलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरिएको थियौँ’, सिप्रदी ट्रेडिङकी कस्टोमर केयर प्रमुख कुमारी भण्डारी भन्छिन्, ‘यो क्याम्पमा हामीले साँच्चै नै अपेक्षाभन्दा पनि बढी ग्राहकको सहभागिता भयो। यसले कम्पनीलाई भविष्यमा अझ उत्कृष्टभन्दा उत्कृष्ट सेवासुविधा उनीहरुलाई प्रदान गर्ने प्रेरणा मिलेको छ।’