काठमाण्डौ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि (एसटीसी) लाई टाटा ग्रीन ब्याट्रिजको टु ह्विलर्स ब्याट्रिजको एचएमएसआई (होन्डा मोटरसाइकल तथा स्कुटर), एचएसपीपी (होन्डा पावर प्रोडक्टस्) र होन्डा मोटरर्स (अटोमोटिभ)को निम्ति आधिकारिक ओईएम वितरकका रुपमा नियुक्ति गरिएको छ।

टाटा ग्रीन ब्याट्रिज, टाटा अटोकम्पनी जीवाई ब्याट्रिज प्रालिले उत्पादन गर्छ। जुन भारतको प्रमुख अटोमोटिभ र २डब्ल्यू ब्याट्री उत्पादकमध्ये एकमा पर्छ। 

सोही अवसरमा टाटा ग्रीन ब्याटिजका सीईओ रवि गुप्ताले भने, ‘टाटा ग्रीन ब्याट्री, टु ह्विलर्स ब्याट्रिजका भारतमा रहेका ठूला बिक्रेताहरुमध्ये एकमा पर्छ। जसले प्रमुख ओईएमहरुमा आपूर्ति गर्दछ। जस्तै– होन्डा मोटरसाइकल र स्कुटर इन्डिया (एचएमएसआई), टीभीएस, जाभा, सुजुकी। नेपालमा एक प्रचलित नाम एसटीसीसँग संलग्न भई, हामी हाम्रो सफलताको गाथा नेपालमा पनि दोहोर्याउन चाहन्छौँ र यो विश्वास पनि राख्दछौँ कि यो सम्बन्धले नेपालमा टाटा ब्याट्रिजको उन्नतिलाई बढाउन अझै सहायता दिनेछ।’

एसटीसीका अध्यक्ष सौरभ ज्योतिले भने, ‘व्यावसयको दुनियाँमा टाटा एउटा प्रमुख ब्रान्ड हो र त्यसैले टाटा ग्रुप कम्पनीसँग हात मिलाउनु एसटीसीको इतिहासमा एउटा नयाँ चरम पुग्नु सरी हुनेछ। हामी हाम्रो १५० बिक्रेताको सञ्जालको पहँुचबाट नेपालको कुना–कुनासम्म पनि होन्डा ग्राहकहरुसमक्ष टाटा ग्रीन ब्याट्रिज पुर्याउन सक्नेछौँ, भन्नेबारे विश्वस्त छौँ। हामी हाम्रो टिममार्फत ग्राहकलाई उच्च सेवाले सम्मान गर्ने र ब्रान्डको राम्रो अनुभव दिनेछौँ।’