काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यसपालिको दसैँलाई थप उत्साहजनक बनाउन ‘दसैँमा द–सही अफर’ ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, ट्रिपर, मिनी ट्रक, मिनी ट्रिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टीभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइलमध्ये कुनै एक उपहार प्राप्त गर्न सक्नेछन्। 

आफूले खरिद गरेको गाडीको सेग्मेन्टअनुसार विभिन्न उपहार छानेर लिन सकिन्छ। यसका साथै यसमा एएमसी, एक्सचेन्ज, रिप्लेसमेन्ट र फाइनान्सजस्ता सुविधा पनि रहेका छन्।

सिप्रदी ट्रेडिङको कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणि ढकालले भने, ‘हरेक वर्षझैँ यसपालिको दसैँलाई लक्षित गर्दै ग्राहकका तर्फबाट अफरसम्बन्धी सकारात्मक प्रतिक्रिया आएका छन् र विशेषगरी ७० प्रतिशतसम्मको फाइनान्सले सबैको हौसला बढाएको छ।’

कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ र कहाँ कहाँ पाइन्छ आदि जस्ता विस्तृत जानकारीका लागि फेसबुक पेज ‘टाटा मोटर्स ट्रक्स एन्ड बसेस नेपाल’ हेर्न वा ९८०११०७६०० मा मिसकल गर्न सकिन्छ।