काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डमा सम्पन्न नाडा अटो शोको अतिरिक्त कमाइ सवा करोड बढी भएको छ।
आयोजना नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार आज अन्तिम दिन (भदौ ३१ गते)सम्म अतिरिक्त कमाइ सवा करोड बढीको भएको हुन सक्ने अनुमान गरिएको छ। यो कमाइ भनेको टिकेट बिक्रीबाट मात्रै हो।
गत भदौ २६ गतेबाट सुरु भएको १५औँ संस्करणको अटो शोमा अवलोकनकर्ताले काटेको टिकेटबाट उक्त रकमको हाराहारीमा अतिरिक्त कमाइ भएको प्रारम्भिक अनुमान गरिएको नाडाले जनाएको छ। नाडाका अनुसार अन्तिम दिनसम्म ७० हजार बढी अवलोकनकर्ता अटो शोमा आएको प्रारम्भिक तथ्यांक छ।
प्रदर्शनीमा प्रतिटिकेट २०० रुपैयाँ शुल्क तोकिएको थियो। अनलाइनमार्फत काट्दा २० प्रतिशत छुट र विद्यार्थीलाई १५० रुपैयाँ मात्र लाग्ने व्यवस्था गरिएको थियो। यो हिसाबले करिब १ करोड २५ लाख रुपैयाँ अतिरिक्त कमाइ भएको हुन सक्ने नाडाले जनाएको छ।
आर्थिक शिथिलताका बाबजुद पनि अटोप्रेमीको उत्साहजनक सहभागिता भएको नाडाले जनाएको छ। अटो शोमा दुईपांग्रेदेखि चारपांग्रे्र विद्युतीय गाडीहरुको बिक्री सन्तोषजनक रहेको आयोजकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19