काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टिच फर नेपालद्वारा सञ्चालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई बैंक सदा अग्रसर रहेको जानकारी गराए।
श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरे।
बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19